Return   Facebook

The Universal House of Justice

Ridván 2024

To the Bahá’ís of the World

Dearly loved Friends,

नौ वर्षे प्रयासका अति कठिन दुई वर्ष पार भएका छन् । ईश्वरका मित्रहरूले यसको उद्देश्यलाई दृढतापूर्वक हृदयमा लिएका छन् । सामुदाय निर्माण प्रक्रियालाई अझ विस्तार गर्न र गहिरो सामाजिक रूपान्तरणलाई प्रभाव पार्नको लागि के आवश्क छ भन्ने बारे पुरै बहाई विश्वभरि बुझाईको गहिराई बढेको छ । तर प्रत्येक दिन बित्दैजाँदा, हामी यो देख्दछौ कि संसारको अवस्थामा झन् नौराश्यजनक हुँदै गएको छ, यो झन् गम्भिर रूपमा विभाजित भएको छ । समाजहरूभित्र र राष्ट्रहरूमा बढ्दै गएको तनावहरूले मानिसहरूलाई र स्थानहरूलाई असंख्य तरीकाबाट असर पारिरहेको छ ।

यसले प्रत्येक सचेत आत्माबाट प्रतिउत्तरको माग गर्दछ । हामी सबै सचेत छौं कि अति महान नामको समुदायले समाजका कष्टहरूबाट अप्रभावित हुने आशा गर्न सक्दैन । तैपनि, यी कष्टहरूबाट प्रभावित भए पनि, यो तिनीहरूबाट अलमलिएको छैन, यो मानवताका पीडाहरूबाट दुःखी छ, तर तिनीहरूबाट पक्षघात भएको छैन् । निराशाको सट्टा आशा, द्वन्दको सट्टा एकता पैदा गर्ने समुदाय निर्माणको लागि हार्दिक चासो राखेर निरन्तर प्रयास गर्नुपर्छ ।

शोघी एफेन्दीले “मानव मामिलाको क्रमिक गिरावट” को प्रक्रियाको साथ–साथै समानान्तर रूपमा अर्को एकिकरणको प्रक्रिया, जसको माध्यमबाट “मानव मुक्त्तिको वहान” “समाजको आश्रय” निर्माण भईहरेको छ वर्णन गुर्न भएको छ । हामी हरेक देश र क्षेत्रमा शान्तिका सच्चा अभ्यासकर्ताहरू यो आश्रयस्थल निर्माणमा संलग्न भएको देखेर रमाउँदछौं । हामी यसलाई ईश्वर प्रेमले प्रज्ज्वलित हरेक हृदयमा, नयाँ साथीहरूको लागि आफ्ना घर–खोलेका परिवार, कुनै सामाजिक समस्याको समाधानमा बहाउल्लाहका शिक्षाबाट प्रेरणा लिने सहयोगीहरु, आपसी सहयोगको संस्कृतिलाई बलियो बनाएको समुदाय, आफ्नो आध्यात्मिक वा भौतिक प्रगतिको लागि आवश्यक कार्यहरू शुरु गर्न र दिगो बनााई राख्न सिख्ने कुनै टोल वा गाउँ र एउटा नयाँ आध्यात्मिक सभाको उदयबाट आशिर्वाद प्राप्त ईलाकाको प्रत्येक विवरणमा देख्दछौ ।

योजनका विधि र साधनहरूले प्रत्येक आत्मालाई आजको दिनमा मानवताको लागी जे आवश्यक छ त्यसमा योगदान दिन अवसर दिन्छ । तत्कालका विकृतिहरूका लागि अस्थाई मुक्तिको प्रस्ताव गर्नुभन्दा पर योजनाको प्रयोग नै त्यो माध्यम हो जसद्वारा पुस्तौंसम्म अनावृत हुनेवाला दीर्घकालिन, रचनात्मक प्रक्रियाहरूलाई हरेक समाजमा गति प्रदान गरिदैछ । यसले एउटा अत्यन्त जरुरी, अपरिहार्य निष्कर्षलाई इंगित गर्दछः यस कार्यको सफलताको लागि आफ्नो समय, आफ्नो उर्जा, आफ्नो एकाग्रह प्रतिबद्ध गर्नेहरूको संख्यामा दिगो, र दु्रत गतिमा वृद्धि हुनु पर्दछ ।

विश्वले सबै विविध तत्वहरूलाई एकताबद्ध गर्न सक्ने पर्याप्त व्यापक दर्शन, बहाउल्लाहको मानव जातिको एकताको सिद्धान्तमा बाहेक अरू कहाँ पाउन सक्छ ? त्यो दृष्टिकोणलाई विविधतामा एकताको सिद्धान्तमा आधारित व्यवस्थामा परिवर्तित गर्नु बाहेक विश्वले ती सामाजिक विकृतिलाई कसरी निको पार्न सक्छ जसले यसलाई विभाजित गर्छ ? त्यो जोरन अरू को हुन सक्छ जसको माध्यमबाट संसारका मानिसहरूले जीवनको नयाँ मार्ग, स्थायी शान्तिको बाटो पत्ता लगाउन सक्छन ? त्यसैले सबैसँग मित्रता, साझा प्रयास, साझा सेवा, सामूहिक सिकाईका साथ एक भएर अगाडि बढ्नोस् ।

कुनै पनि समाजका युवाहरू बहाउल्लाहको दर्शनप्रति जागृत भएर योजनाका नायक बने भने, कति जीवन्तता र शक्ति उत्पन्न हुन्छ भन्ने कुरामा हामी सचेत छौं । त्यसै कारण, अपार दया, साहस र ईश्वरमा पूरा भरोसाका साथ बहाई युवाहरूले आफ्ना साथीहरुसम्म पुग्ने र उनीहरूलाई यस काममा ल्याउने संकल्प गर्नु पर्छ । सबै अधिबढ्नु पर्छ, तर युवाहरूले उच्च उडान भर्नुपर्छ ।

यस समयको अविलम्ब आवश्यकताको कारण सेवाबाट आउने आनन्दलाई अस्पष्ट पार्नु हुँदैन । सेवाको लागि आह्वान एउटा उत्थानदायी, सर्वआलिंगनकारी आह्वान हो । यसले प्रत्येक वफादार आत्मालाई आकर्षित गर्दछ, यहाँँसम्म की चिन्ता र उत्तरदायित्वहरूको बोझले झुकिरहेकाहरू समेतलाई पनि । किनकि निष्ठावान आत्माहरु जुन कुराहरूमा ब्यस्त छन, त्यसमा उनीहशको गहिरोसँग जरा गाडेको भक्ति र अरूको भलाईका लागि आजीवन चिन्ता देखिन्छ । त्यस्ता गुणहरूले जीवनका विभिन्न भागहरूको अनुरूपता दिन्छन् । अति प्रज्ज्वलित हृदयका लागि सबैभन्दा मीठा पलहरू ती आध्यात्मिक भाई र बहीनीहरूसँग विताएका पलहरु नै हुन, जसले आध्यात्मिक पोषणको खाँचोमा परेको समाजको हेरचाह गर्दैछन ।

तपाईहरूलाई माथी उठाउनु भएकोमा र उहाँकै मार्गमा तालीम दिनु भएकोमा पवित्र तिर्थस्थलहरूमा, भरिएको हृदयका साथ बहाउल्लाहलाई कृतज्ञता व्यक्त गर्दछौं र उहाँसँग तपाईंहरूलाई उहाँको आशिर्वाद पठाउन हुन याचना गर्दछौं

 

Windows / Mac