Return   Facebook

The Universal House of Justice

Ridván 2020

To the Bahá’ís of the World

Dearly loved Friends,

अति प्रिय मित्रहरू, हाल प्रकट भइरहेको दुई वास्तविकताहरूले हामीलाई यी शब्दहरूद्धारा तपाईहरूलार्इ सम्वोधन गर्न उत्प्रेरित गराएका छन् । पहिलो वास्तविकता हो कोराने ा भाईरसको महामारीले गर्न सक्ने अस्पष्ट र भयावह खतरा बारे विश्वभरि नै बढ्दै गइरहेको चेतना हो । धेरै देशहरूमा, सामुहिक रुपमा दृढता र बहादुरीका साथ आईपर्न सक्ने बिपति हटाउने प्रयासहरू भईरहेका भए पनि त्यहाकँ ा अवस्था गम्भिर छन्, परिवारहरू तथा व्यक्ति व्यक्तिका लागि दुःखपूर्ण अवस्था सृजना भएको छ र परुै समाजहरू संकटकालीन अवस्थामा डुब्दैछन् । दुःख र संकटका छालहरू एक पछि अर्को ठाउमँ ा आईरहेका छन् र विभित्र क्षणमा, विभित्र तरिकाले, विभित्र देशहरूलाई कम्जोर बनाउँदैछन् ।

दोस्रो वास्तविकता, जुन दिन दिनै झन झन प्रष्ट हुँदैछ, त्यो हो बहाई विश्वको लचकता र सवल जीवन शक्ति जस्ले जीवनकालमा कहिल्य ै सामना गर्न नपरेको चुनौतिको सामना गर्नु परेको छ । प्रत्युत्तर अति प्रशंसनिय छ । जव हामीले नवरुजका े अवसरमा तपाईहरूलाई सम्वोधन गरेका थियौं त्यस बेला हामीले आफ्ना कार्यशैलीमा आएको उथलपुथलका े बेलामा पनि समुदायहरूले प्रदर्शन गरेका उल्लेखनीय गुणहरूलाई जोड दिन उत्सुक थियौं । त्यस पछिका केहि हप्तामा ज े जे भए त्यस अवधीमा मित्रहरूले बढ्दै गइरहेका कडा बन्देजहरूको सामना गर्नु पु¥यो त्यसले तपाईहरू प्रतिका े हाम्रो प्रशंसाको भावना झन गहिरो हुन गएको छ । संसारका अरु भागहरूका अनुभवहरूबाट सिकेर केहि समदु ायहरूले आफ्ना जनसमुदायको लागि आवश्यक सामुदायिक स्वास्थ्य बारे चेतना बढाउन सुरक्षित र क्रियाशील उपायहरू पत्ता लगाएका छन् । खास ध्यान ती समदु ायहरू प्रति केन्द्रित छ जुन कोरोना भाईरसको सबभन्दा खतरामा छन् त्यसको सबभन्दा बढी फैलावटको कारण पैदा भएको आर्थिक संकटको सामना गर्नु परेको छ स बहाई विश्व समाचार सेवामा प्रकाशित केहि पहलहरू हाल भइरहेका यस्ता अनगिन्ती कदमहरू मध्ये केही मात्र हुन् । यिनीहरूका साथसाथै यस समयमा सवभन्दा आवश्यक आध्यात्मिक गुणहरूलाई अध्ययन गर्ने, प्रवर्धन गर्ने र अभ्यास गर्ने प्रयासहरू परिपुरकको रुपमा भइरहेका छन् । यस्ता कयौं प्रयासहरू पारिवारिक इकाईहरूमा वा एकान्तमा आवश्यकता अनुसार भइरहेका छन् , तर जहाँ परिस्थिति अनुकुल छ वा संचारका उपकरणहरूल े सम्भव गराउँछन् ती ठाउँहरूमा समान परिस्थितिको सामना गरिरहेका आत्माहरू वीच आश्चर्यजनक एकताका े भावना पैदा भइरहेको छ । सामुदायिक प्रगतिको लागि अति आवश्यक यस्ता े सामुदायिक जीवनको गति विद्याको महत्व कम हुने छैन ।

ज्योतिको अथक सैन्यको सेनानीको रुपमा आफ्ना समुदायहरूलाई मार्गदशर्न गरिरहेको र हालको संकटको सामना गर्न राष्ट्रिय आध्यात्मिक सभाहरूले कुशलताका साथ काम गरिरहेको हर्ने पाउँदा हाम्रा भावना उच्च शिखरमा पुगेका छन् । यी सभाहरूलाई सल्लाहकारहरू र तिनका सहायकहरूले सधै जस्तै

ज्ञ

वीरताका साथ प्रेमपूर्ण सेवाको ध्वजा उच्च पारिरहेका छन् । आफ्ना देशहरूमा सधै छिटो छिटो बदलिरहेको परिस्थिति वारे राम्रो जानकारी लिईरहेर यी आध्यात्मिक सभाहरूले प्रभुधर्मको पश्र ासनिक कामकार्वाहीको लागि आवश्यक व्यवस्था मिलाएका छन ् , खासगरी जहाँ सम्भव छ त्यहाँ निर्वाचनको आयोजना गर्ने काम सम्पत्र गरेर, नियमित संचारद्धारा संस्थाहरूले ज्ञानपूर्ण सल्लाह दिने, सान्त्वनायूक्त आश्वासन र निरन्तर प्रोत्साहन दिने काम गरिरहेका छन् । कयौं अवसरहरूमा तिनीहरूले त्यस्ता रचनात्मक विषयहरू पहिचान गरिरहेका छन् जुन आफ्ना समाजमा शुरु भइरहेका विचार विमर्शबाट उत्पत्र भएका छन् । हामीले नवरुजको सन्देशमा व्यक्त गरेको आकाँक्षा अनुसार मानवताको यो सहनशीलताको परिक्षाका े अन्तर्दृष्टि प्राप्त भइसकेको छ । नेताहरू, विशिष्ट चिन्तकहरू, र टिप्पणीकर्ताहरूले आधारभुत सिद्धान्तहरू र साहसिला आकाँक्षाहरू बारे अनुसन्धान गर्दैछन् जुन हालका समयमा सार्वजानिक बहसहरूमा देखिएका छैनन् । अहिलेको अवस्थामा यी शुरु शुरुमा मन्द प्रकाश हुन् , तर तिनीहरूले यस्तो आशा बोकेका छन् कि सामुदायिक चेतनाका े क्षण चाँडै प्रकट हँुदेछ ।

बहाई विश्वका कामकार्वाहीमा देखिएको लचकताबाट हामील े प्राप्त गरेको सान्त्वनालाई मानवताले यो महामारीबाट भोग्नु परेको कष्टबाट पैदा भएको उदासिनताले केहि कम गरिदिएको छ । यो दुःखदायी कुरा हो कि हामीलाई थाहा कि धर्मालम्वीहरू तथा उनीहरूका साझेदारहरू पनि यो दुःख कष्टमा सहभागी छन् । सामुदायिक सुरक्षाका कारण संसारका कयौं मानिसहरूमा आफ्ना मित्रहरू तथा नातेदारहरूबाट टाँढा रहने अवस्थामा छन् र यी मध्ये केिह व्यक्तिहरूको लागि यो विछोड स्थायी हुन जान्छ । प्रत्यके प्रभातकालमा यस्तो आभास पैदा हुन्छ, सुर्यास्तका े समय सम्म झन बढि कष्ट व्यहोर्न पर्नेछ । जस्ले आफ्ना प्रियपात्र गुमाएका छन् तिनीहरूको लागि पछि स्थायी जगतमा पुनर्मिलन हुनछे भत्रे आश्वासनबाट सान्त्वना मिलोस् । हामी तिनिहरूका े ह्रदयमा सान्त्वना मिलोस् भनि प्रार्थना गर्दछौं र जस्को शिक्षा जीविकोपार्जन, आवास वा बाँच्ने आधार नै खतरामा पुगेको छ तिनीहरूलाई ईश्वरको कृपाले घेरुन् । तपाईहरू तथा तपाइर्ह रूले लालन पालन गर्नेहरू, र आफ्ना देशवासीहरूको लागि हामी बहाउल्लाह समक्ष उनको कृपा तथा अनुगह्र को लागि याचना गर्दछौं ।

पार गर्नु पर्ने बाटो जति लामा े तथा कठीन होओस् हामी तपाईहरूको सहनशक्ति तथा दृढ निश्चयद्धारा यो यात्रा पूरा हुनेछ भत्रेमा अति बिश्वस्त छौं । तपाईहरूले आशा, विश्वास, उदारताको प्रचुर भण्डारबाट प्राप्त वलद्धारा आफ्नो भन्दा अरुका आवश्यकताहरूलाई अगाडी राखेर, आध्यात्मिक वल कम भएकाहरूलाई सक्षम बनाई, जो बढ्दो मात्रामा उत्तरहरूको लागि तिखाई रहेकाहरूको सन्तुष्टि, र जो विश्वकै भलाईका लागि काम गर्नेहरूको आवश्यक साधनहरूको चाहना पूरा गर्ने काममा लाग्नुहोस् । वरत सम्पणर््ू ाताका कर्मठ अनुयायीहरूबाट यो भन्दा कम के प्रतिक्षा गर्ने ?

 

Windows / Mac