Return to BahaiPrayers.net
Facebook
हे प्रभु ! त्यो भोजको उत्सवलाई बन्द नगर जसलाई तिम्रो नामको लागि फै लाइएको छ र त्यो प्रज्ज्वलित ज्वालालाई ननिभाऊ जुन तिम्रो कहिल्यै ननिभ्ने आगोद्वारा सल्काइएको छ । तिम्रो जीवन सरितालाई प्रवाहित हुनबाट नरोक जसले तिम्रो गौरव र तिम्रो सम्झनाको मधुर आलाप गुन्गुनाई रहेको छ र तिम्रा सेवकहरूलाई तिम्रो स्वादिष्ट र सुगन्धयुक्त महकबाट वञ्चित नगराऊ जनु तिम्रो प्रेमको सुवासबाट फैलिरहेको छ । हे स्वामी ! तिम्रा पवित्रजनलाई सताउने दुःखहरूलाई सुखमा, तिनका अप्ठ्याराहरूलाई सुविस्तामा, तिनका अपमानहरूलाई गारैवमा, तिनका शोकहरूलाई हर्षोल्लासमा परिणत गरिदेऊ, हे तिमी जो सारा मानवजातिको बागडोरलाई आफ्नो हातमा राख्नेवाला हौ । वस्तुतः तिमी एक छौ, अद्वितीय, सर्व–शक्तिमान्, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् ।
- `Abdu'l-Bahá