Return to BahaiPrayers.net
Facebook
(मृतकका लागि भनिने यो प्रार्थना पन्ध्र वर्षभन्दा माथिका बहाईहरूको लागि प्रयोग गरिन्छ । सामूहिक भेलामा पाठ गरिने यो एक मात्र अनिवार्य प्रार्थना हो, जुन एक जना अनुयायीद्वारा पाठ गरिंदा उपस्थित सबै उभिन्छन् । यो प्रार्थना गर्दा किब्लेह (आराधना स्थल) तर्फ फर्कन जरुरी छैन ।)
— किताब–इ–अग्दसबाट
हे मेरा ईश्वर ! यो तिम्रो सेवक तथा तिम्रो सेवकको पुत्र हो जसले तिमीमा र तिम्रा चिन्हहरूमा विश्वास गर्दछ र तिमीबाहेक अन्य सबैबाट पूर्ण वियुक्त भई तिमीतिर अभिमुख भएको छ । निःसंशय, करुणामयहरूमध्ये पनि तिमी परम करुणामय छौ ।
हे तिमी जो मानिसहरूको पापलाई क्षमा दिन्छौ र उनीहरूका दोषहरूलाई छिपाइदिन्छौ । ऊसँग यस्तो व्यवहार गर जो तिम्रो दानशीलताको स्वर्ग र तिम्रो कृपाको सागर सुहाउँदो हुनेछ । उसलाई तिम्रो परम करुणाको प्राङ्गणभित्र प्रवेश गर्नदेऊ, जुन पृथ्वी तथा स्वर्गको सृष्टिभन्दा अघिदेखि नै थियो । सदैव क्षमाशील अति दानी ईश्वर तिमीबाहेक अन्य कोही छैन ।
त्यसपछि उसले ६ पटक “अल्ला–उ–आभा” भनी अभिनन्दन गरोस् र निम्नलिखित श्लोकहरू प्रत्येकलाई उन्नाइस पटक पाठ गरोस् :
हामी सबै, निःसशंय, ईश्वरको पजूा गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरलाई ढोग्दछौं । हामी सबै, निःसशंय, ईश्वरप्रति निष्ठावान् छौं । हामी सबै, निःसशंय, ईश्वरको स्तुति गर्दछौं । हामी सबै, निःसशंय, ईश्वरमा कृतज्ञता ज्ञापन गर्दछौं । हामी सबै,निःसशंय, ईश्वरप्रति धैर्यवान् छौं ।
(यदि मृतक महिला छिन् भने, उनले “यिनी तिम्री सेविका र तिम्री सेविकाकी पुत्री हुन् आदि ........भनून्”)
हे मेरा ईश्वर ! हे तिमी जसले पापहरूलाई क्षमा गर्दछौ, उपहारहरूको वृष्टि गर्दछौ अनि पीडाहरूको हरण गर्दछौ ! म विनम्र प्रार्थना गर्दछु कि जसले शारीरिक चोलालाई छोडेर आध्यात्मिक संसारमा प्रवेश गरेको छ उसका पापहरूलाई क्षमा गरिदेऊ ।
हे मेरा प्रभु ! अपराधहरूबाट उनीहरूलाई शुद्ध गराइदेऊ, उनीहरूका दुःखहरूलाई नाश गरिदेऊ र उनीहरूको अन्धकारलाई प्रकाशमा परिणत गरिदेऊ ।
उनीहरूलाई आनन्दवाटिकामा प्रवेश गराऊ, अति पवित्र जलद्वारा उनीहरूलाई चोख्याऊ र सर्वेच्च शिखरस्थित तिम्रा गौरवहरूको दर्शन गराऊ ।
- Bahá'u'lláh