Return to BahaiPrayers.net
Facebook
हे क्षमाशील प्रभु ! यी सेवकहरू तिम्रो साम्राज्यतर्फ अभिमुख छन् र तिम्रो अनुग्रह तथा दयाका अभिलाषी छन् ।
हे प्रभु ! उनीहरूका हृदयलाई असल र पवित्र बनाइदेऊ; ताकि तिनीहरू तिम्रो प्रेमको लागि योग्य बन्न सकून् ।
तिनीहरूका आत्मालाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरू माथि तिम्रो यथार्थको सूर्यको प्रकाश चम्कन सकोस् ।
तिनका आँखाहरूलाई स्वच्छ र निमर्ल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो प्रकाश देख्न सकून् । कानलाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो साम्राज्यबाट आएको आह्वानलाई सुन्न सकून् । हे प्रभु ! साँच्चै नै हामी कमजोर छौं तर तिमी शक्तिशाली छौ । साँच्चै नै हामी निधर्न छौं, तर तिमी सम्पन्नछौ । हामी साधक हौं, अनि तिमी हाम्रा साध्य हौ । हे प्रभु ! हामी माथि करुणा राख र हामीलाई क्षमा गर; हामीलाई क्षमता र तत्परता प्रदान गर ताकि यस आलोकमय शताब्दीमा हामी तिम्रा अनुकम्पाहरूको योग्य बन्न सकौं, तिम्रो साम्राज्यप्रति आकृष्ट हुन सकौं, तिम्रो प्रेमको अग्निबाट प्रज्ज्वलित हुन सकौं तथा तिम्रो पवित्र आत्माको श्वासबाट पुनर्जीवन प्राप्त गर्न सकौं ।
तिमी शक्तिशाली छौ, तिमी सर्व–सम्पन्न छौ, तिमी करुणामय छौ, अनि तिमी अति उदार छौ ।
- `Abdu'l-Bahá