Return to BahaiPrayers.net
Facebook
हे मेरा ईश्वर ! ममा एउटा पवित्र हृदय उत्पन्न गरिदेऊ र एक शान्त अन्तःकरणलाई पुनर्स्थापित गरिदेऊ, हे मेरा अभिलाषा ! शक्तिको आत्माद्वारा मलाई आफ्नो सेवामा ग्रहण गर, हे मेरा परमप्रिय ! आफ्नो महिमाको प्रकाशद्वारा मलाई तिम्रो मार्ग देखाऊ, हे तिमी जो मेरो अन्तरेच्छाको परम ध्येय हौ ! हे मेरा सृष्टिका स्रोत, आफ्नो अत्युच्च शक्तिद्वारा मलाई आफ्नो पवित्रताको गगनतर्पm उठाऊ तथा आफ्ना अनन्तभावका वायु लहरद्वारा मलाई आनन्दित गरिदेऊ, हे तिमी जो मेरा ईश्वर हौ ! आफ्नो सदास्थायी मधुर रागिनीहरूद्वारा ममा शान्ति तथा स्थिरता फुकिदेऊ हे मेरा सखा ! तथा आफ्नो पुरातन मुखारविन्दका गुणहरूद्वारा मलाई तिम्रो अतिरिक्त अन्य सबैदेखि मुक्त गरिदेऊ, हे नाथ ! तिम्रो अक्षय सत्व प्रकाशको शुभ– समाचारद्वारा मलाई आनन्द मग्न राख, हे तिमी सर्वश्रेष्ठ, सबै प्रकट अस्तित्वभन्दा बढी प्रकट भएर पनि सर्व–गुह््य छौ ।
- Bahá'u'lláh