Return to BahaiPrayers.net
Facebook
तिम्रो नामको स्तुति होस्, हे प्रभु, मेरा ईश्वर ! सृष्टि गरिएका समस्त वस्तुहरूलाई धारण गर्ने तिम्रो शक्तिद्वारा र तिम्रो सृष्टिभन्दा श्रेष्ठ तिम्रो सार्वभौमसत्ताद्वारा र तिम्रो शब्दद्वारा जुन तिम्रो बुद्धिमा लुकेको थियो र जसद्वारा तिमीले आफ्नो स्वर्ग तथा आफ्नो पृथ्वीलाई सृष्टि गर्यौ, म याचना गर्दछु कि हामीलाई तिमीप्रतिको प्रेममा र तिम्रो इच्छाको आज्ञापालनमा अडिग रहन र तिम्रो मुहारमा आफ्नो दृष्टि स्थिर राख्न र तिम्रो गौरवको गुणगान गर्न सक्षम बनाऊ । त्यसैले, हे मेरा ईश्वर, देश विदेशमा तिम्रा प्राणीहरूबीच तिम्रा चिन्हहरू संरक्षण गर्न हामीलाई शक्ति प्रदान गर । तिमी सधैँ तिम्रा कुनै पनि प्राणीको स्तुतिबाट स्वत्रन्त्र छौ र सदा–सर्वदा तिमी जस्तो छौ त्यस्तै रहिरहने छौ ।
तिमीमा नै मैले आफ्नो सम्पूर्ण आत्मविश्वास समर्पण गरेको छु, आफ्नो अनुहार तिमीतिर नै फर्काएको छु, तिम्रो प्रेमपूर्ण कृपाको डोरीलाई बलियोसँग समातेको छु र तिम्रो करुणाको छायाँतिर लम्केको छु । तिम्रो ढोकाबाट निराश बनाई मलाई नहुत्याऊ, हे मेरा ईश्वर, मलाई तिम्रो अनुग्रहबाट वञ्चित नगराऊ किनकि म केवल तिमीलाई मात्र चाहन्छु । सदा क्षमाशील, परमदानी तिमीबाहेक अन्य कोही ईश्वर छैन ।
तिम्रो स्तुति होस्, हे तिमी जो तिमीलाई चिन्नेहरूका अति प्रिय छौ ।
- Bahá'u'lláh