Return to BahaiPrayers.net
Facebook
हे करुणामय ईश्वर ! तिमी धन्य हौ किनकि तिमीले मलाई ब्युँझाएर चैतन्य गरायौ । तिमीले मलाई दृष्टिशक्ति र श्रवणशक्तिद्वारा सम्पन्न गरायौ, मलाई तिम्रो अधिराज्यमा प्रवेश गरायौ र तिम्रो मार्गतिर अग्रसर गरायौ । तिमीले मलाई सही बाटो देखायौ र मलाई मोक्षको यानमा प्रवेश गरायौ ।
हे प्रभु ! मलाई अडिगता प्रदान गर र मलाई एउटा दृढ र विश्वासी सेवक बनाइदेऊ । कठोर परीक्षाहरूबाट मेरो रक्षा गर र तिम्रो संविदा र प्रमााणहरूको दुर्भेद्य किल्लामा आश्रय दिएर मलाई संरक्षण देऊ । तिमी शक्तिमान् छौ, तिमी द्रष्टा हौ ! तिमी श्रोता हौ । हे तिमी करुणामय प्रभु ! मलाई यस्तो हृदय प्रदान गर जसले एउटा स्वच्छ ऐनाले जस्तै तिम्रो प्रेमको प्रकाशलाई प्रतिबिम्बित गरोस् र यस्तो भावना प्रदान गर जसले आध्यात्मिक कृपाद्वारा समस्त संसारलाई एउटा गुलाबको उद्यानमा परिणत गरिदेओस् ।
तिमी करुणामय हौ, तिमी क्षमाशील हौ ! तिमी नै त्यो महान् कल्याणकारी ईश्वर हौ ।
- `Abdu'l-Bahá