Return to BahaiPrayers.net
Facebook
चौबिस घण्टामा एक पटक मध्यान्हमा पाठ गर्नुपर्ने
हे मेरा ईश्वर ! म साक्षी दिन्छु कि तिमीलाई चिन्न तथा तिम्रो पुजा गर्न तिमीले मलाई उत्पन्न गर्यौ | म अहिले यो स्वीकार गर्दछु कि म अशक्त छु, तिमी सर्व–शक्तिमान् छौ, म दरिद्र छु, तिमी सर्व–सम्पन्न छौ |
आत्म–परिपूर्ण र संकटमा तारणहारा परमात्मा तिमीबाहेक अन्य कोही छैन |
"प्रत्येक दिन गरिने अनिवार्य प्रार्थनाहरू तीनवटा छन् | ... मित्रहरू यी तीन प्रर्थनाहरू मध्ये कुनै एक चुन्नका लागि स्वतन्त्र छन्, तर कुनै एक अनिवार्य रुपमा, तीसंग सम्बन्धित निर्देशनहरुको पालन गरी पाठ गरिनु पर्छ |"
– शोघि एफेन्दीको तर्फबाट लेखिएको पत्र मार्फत |
"अनिवार्य प्रार्थनाहरूको सम्बन्धमा उल्लेख गरिएको 'सूर्योदय,' 'मध्यान्ह,' र 'सूर्यास्त' ले क्रमश: सूर्योदय देखि मध्यान्ह सम्म, मध्यान्ह देखि सूर्यास्त सम्म र सूर्यास्त देखि सूर्यास्त भएको दुई घण्टा सम्मको अवधिलाई जनाउँदछ |"
- सिनफ्सिस् एंड कोडीफिकेशन अफ किताब–इ–अक्दास, p.36, |
- Bahá'u'lláh