Return   Facebook

The Universal House of Justice

Ridván 2023

To the Bahá’ís of the World

Dearly loved Friends,

हामी त्यस समुदायलाई सम्बोधन गर्न पाउादा अति आनन्द महसुस गरेका छौं जसको उच्च संकल्प उसको उच्च काम–कर्तव्य सुहााउदो छ । कति महान, कति बढी महान छ तपाईंहरू प्रतिको हाम्रो प्रेम, र कसरी आकाशिन्छन् हाम्रा आत्मा जब बहाउल्लाहका शिक्षाहरूको आधारमा जीवनयापन गर्ने तपाईहरूको इमानदार र समर्पित प्रयास देख्न पाउादा र तिर्खाइरहेको संसारलाई उनको प्रकटीकरणको जीवन दायिनी जल प्रदान गर्ने प्रयास गरिरहेको हेर्न पाउादा । तपाईंहरूको उद्देश्यको भावना देख्न सजिलो छ । विस्तार र सुदृढिकरण, सामाजिक कार्य, र समाजका विचार विमर्शहरूमा सहभागिता अगाडि बढिरहेको छ, र क्लस्टर स्तरमा यी कार्यहरूको स्वाभाविक एकरूपता झन् झन् बढी देखिन थालेको छ । यो सबैभन्दा स्पष्ट ती ठाउाहरूको छ जहाा विभिन्न प्रयासहरू बढ्दो संख्यामा संलग्न हुन थालेको छ, र यस्तो प्रत्येक प्रयास प्रभु धर्मको समाज–निर्माण गर्ने शक्तिको प्रस्फुटको माध्यम बन्न गएको छ ।

नौ वर्षे योजना प्रारम्भ भएको बाह्र महिनामा यो विश्वव्यापि आध्यात्मिक उद्यमले साथीहरूलाई

कसरी उत्प्रेरित र उत्तेजित गरेको छ र विशेष कार्यक्षेत्रहरूलाई कसरी प्रोत्साहन दिएको छ, यो हेर्न पाउादा हामीलाई ज्यादै खुशी लागेको छ । प्रत्येक देश र क्षेत्रमा तेस्रो कोशेढुङ्गा पार गरेको कम्तिमा एउटा क्लस्टर देखा पर्ने कुरा सुनिश्चित गर्ने योजनाहरू कार्यान्वयन गर्न तत्काल ध्यान केन्द्रित गरिएको छः त्यस्तो ठाउा जहाा ठूलो संख्यामा मानिसहरू मिलेर काम गर्दछन् र एउटा जीवन्त समुदायको जीवनमा योगदान पुर्‍याउाछन् । यद्यपि, यस पच्चिस वर्षे अवधिको लक्ष्य विश्वका प्रत्येक क्लस्टरमा सघन वृद्धि कार्यक्रम स्थापना गर्ने हो भन्ने कुरामा सचेत रहेर पनि अनुयायीहरूले धर्मको लागि नयाा क्लस्टरहरू खोल्ने सघन वृद्धि कार्यक्रम भएका ठाउाहरूमा आˆना प्रयासहरूलाई तीब्र पार्ने काममा पनि लागेका छन् । अग्रणीहरूले सेवा गर्न तयार हुने अवसरहरूको उच्च जागरुकता संसारका सबै भागमा छ– धेरै समर्पित आत्माहरूले यस अवसरलाई कसरी प्रतिक्रिया दिन सकिन्छ भनेर विचार गरिरहेका छन्, उल्लेखनीय रूपमा स्वदेशमै तर बढ्दो मात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि । हामीले आशा गरे जस्तै यो धेरै तरीकाहरू मध्य एउटा हो, जसमा सबैतिर मित्रहरूबाट पारस्परिक सहयोगको भावना व्यक्त भइरहेको छ । शक्ति निर्माण भएका समुदायहरूले अर्को कुनै ठाउामा–अर्को क्लस्टर, क्षेत्र, देश, अन्य महादेश समेतमा भइरहेको प्रगतिलाई समर्थन गर्न प्रतिबद्ध छन्–र टाढाबाट प्रोत्साहन प्रदान गर्ने र अनुभव आदान प्रदान गर्ने सृजनात्मक माध्यमहरू पाइरहेका छन् । यसै बीच, क्लस्टरहरूमा सिकाइएका कुराहरू राम्ररी बुझेर त्यसलाई स्थानीय रूपमा र अन्य ठाउामा योजना बारे सूचित गर्ने काम व्यापक रूपमा अभ्यास गरिएको छ । प्रतिष्ठानले प्रदान गर्ने शैक्षिक अनुभवको गुणस्तर कसरी बढाउने भन्ने कुरामा विशेष ध्यान दिइएको देख्दा हामी ज्यादै खुशी भएका छौं । जब प्रतिष्ठान प्रकृयाले समुदायमा जरा गाड्दछ, त्यसको प्रभाव नाटकीय हुन्छ । उदाहरणको लागि, हेर्नोस ती सघन गतिविधिका केन्द्रहरूलाई जहााका बासिन्दाहरूले प्रशिक्षण प्रतिष्ठानलाई उनीहरूको आˆनै शक्तिशाली उपकरणको रूपमा हेर्न थाल्दछन्Ù एउटा यस्तो उपकरण जसको राम्रो विकासको लागि उनीहरूले आˆनै प्रमुखतामा लिएका छन् । धर्मका ढोकाहरू साधै खुल्ला छन् भन्ने कुरा राम्ररी बुझेर, अनुयायीहरूले प्रवेश गर्न तयार भएकाहरूलाई कसरी प्रोत्साहन दिने भनेर सिकिरहेका छन् । त्यस्ता आत्माहरूसाग हिंड्नु, र उनीहरूलाई त्यस संघारमा पार गर्न मद्दत गर्नु एक विशेषाधिकार र विशेष हर्षको श्रोत होÙ प्रत्येक सांस्कृतिक सन्दर्भमा, पहिचान र सम्बद्धताको यो गुन्जिरहेको क्षणको गतिशीलता बारे धेरै कुरा सिक्न सकिन्छ । र त्यति मात्र होइन । जब कि धेरै क्लस्टरहरूमा सामाजिक रूपान्तरण गर्ने प्रयासहरू प्रारम्भिक चरणमा छन्, राष्ट्रिय आध्यात्मिक सभाहरू, सधै जस्तो सल्लाहकारहरूको सुयोग्य समर्थनमा समुदाय निर्माण प्रकृयाबाट उत्पन्न भएका यी प्रयासहरूको बारेमा सकृय रूपमा अरू जान्न खोजिरहेका छन् । समस्त जनमानसको सामाजिक र भौतिक कल्याणको बारेमा परिवारहरूको समूहमा र समुदायहरूमा छलफल भइरहेका छन्, जबकि मित्रहरूले आˆनो छरछिमेकमा भइरहेका अर्थपूर्ण विचारविमर्शमा भागलिने तरीकाहरू खोजिरहेका छन् ।

हामीले वर्णन गरेका सबै कुराहरू बीच, युवाहरूको कार्य प्रदीप्त भएको छ । प्रभावको निष्किृय शोषक हुनबाट टाढा, प्रभाव सौम्य होस् वा अन्यथा, तिनीहरूले आफूलाई योजनाको साहसी विवेकी नायक सावित गरेका छन् । जहाा समुदायले यसरी हेरेको छ र उनीहरूको प्रगतिको लागि उचित वातावरण सृजना गरेको छ, त्यहाा युवाहरूले उनीहरूमा देखाएको विश्वासलाई बढी औचित्य दिएका छन् । तिनीहरूले आˆना मित्रहरूलाई धर्मबारे शिक्षा दिदैछन् र सेवालाई अझ अर्थपूर्ण मित्रताको आधार बनाउादैछन् । अक्सर, यस्तो सेवा आफूभन्दा कम उमेरका युवालाई दिइएको देखिन्छ–उनीहरूलाई नैतिक र आध्यात्मिक शिक्षाबाहेक उनीहरूको विद्यालयको शिक्षामा पनि सहयोग गरिन्छ । प्रतिष्ठान प्रकृया सुदृढ पार्ने पवित्र जिम्मेवारीको साथ साथै बहाई युवाहरूले हाम्रो प्यारा आशाहरू पनि पूरा गर्दैछन् ।

यी सबै प्रयासहरूको लागि हालको वातावरण एउटा अति अस्थिर युग नै हो । व्यापक रूपमा यो स्वीकार गरिएके छ कि र्वतमान समाजका संरचनाहरूले अहिलेको कष्टकर युगका मानव आवश्यकताहरूलाई सम्बोधन गर्न सक्नेछैनन् । धेरै कुराहरू जसलाई निश्चित र अटल मानिएको थियो, अहिले तिनीहरूमाथि प्रश्न उठाइएको छ, र यसको फलस्वरूप पैदा भएको उत्तेजनाको कारण एउटा एकताबद्ध दृष्टिको चाहना उत्पन्न भएको छ । एकता, समानता र न्यायको समर्थनमा उठेको संयुक्त आवाजले उनीहरूको समाजका आकांक्षाहरू कतिले धारण गरेका छन् भन्ने देखााउछ । निःसन्देह, वरद सौन्दर्यका अनुयायीहरूको लागि यो कुनै आश्चर्यको कुरा होइन कि उनले प्रतिपादन गरेका आध्यात्मिक आदर्शहरूको स्वच्छ Åदयहरूले चाहना गरेका छन् । तर, हामी यो उल्लेखनीय रूपमा पाउाछौ कि मानवताको सामूहिक प्रगतिको सम्भावना अन्धकारमय देखिएको वर्षमा प्रभु धर्मको ज्योति अचम्मले दश हजारभन्दा बढी सम्मेलनहरूमा चम्केको थियो, जसमा झण्डै पन्ध्र लाख मानिसहरूले भागलिएका थिए, र जुन तिनै आदर्शहरूको प्रवर्धन उद्देश्यले आयोजना गरिएका थिए । बहाउल्लाहको दृष्टि र मानवजातिलाई विश्वको उन्नतिको लागि एकताको भावनाले काम गर्न उनको आहृवान, यी नै थिए ती केन्द्रिय विषय जसको बारेमा छलफल गर्न समाजका विभिन्न तत्वहरू उत्सुकतापूर्वक भेला भएका थिए–र यो अचम्मको कुरा होइन, किनकि अब्दुल–बहाले व्याख्या गरे जस्तै, “संसारको प्रत्येक समुदायले यी दैवी शिक्षामा आˆनै उच्च आकााक्षाहरूको अभिव्यक्ति प्राप्त गर्छन् ।” मानवताका केही शुभचिन्तकहरू शुरुमा बहाई समुदायमा एउटा शरणस्थलको रूपमा आकर्षित भएको हुन सक्छ, एउटा ध्रुवीकृत र पक्षघात भएको विश्वबाट निराश भएर । तै पनि एक आश्रयभन्दा पनि तिनीहरूले फेला पारेको छन् त्यस्ता दयालु आत्माहरू जो मिलेर एउटा नयाा संसार निर्माण गर्न परिश्रम गरिरहेका छन् ।

सम्मेलहरूको भौगोलिक फैलावट, नयाा योजनालाई उनीहरूले दिएको असाधारण प्रेरणा, वा उपस्थित हुनेहरूबाट उनीहरूले प्राप्त गरेका आनन्द र उत्साहको अभिव्यक्तिको बारेमा धेरै लेख्न सकिन्छ । तर यीे केही पंक्तिहरूमा हामी धर्मको विकासको बारेमा के संकेत गरेका छन् भन्ने कुरामा ध्यानाकर्षण गर्न चाहन्छौं । तिनीहरू बहाई समुदायको प्रतिविम्ब थिए, जसले सम्बन्धलाई हेर्छ, भिन्नतालाई हैन । यो दृष्टिकोणले गर्दा सबैलाई स्वागत गरिएको यस्तो जमघटहरूमा नौ वर्षे योजनाको अन्वेषण गर्नु

स्वाभाविक बनायो । मिक्रहरूले व्यत्ति व्यक्ति तथा परिवारहरू मात्र नभई स्थानीय नेताहरू र अख्तियारवाला व्यक्तिहरूको साथमा आˆनो समाजमा योजनाको प्रभावबारे विचार गरे । यति धेरै मानिसहरू एकै ठाउामा ल्याएर आध्यात्मिक र सामाजिक प्रगतिको बारेमा परिवर्तनकारी वार्तालापको अवस्था सृजना गर्‍यो, जुन संसारभरि प्रकट भइरहेको छ । एकैचोटी खुला, प्रेरणादायी र उद्देश्यपूर्ण–त्यस्ता जमघटहरूले क्लस्टरहरूमा सामुदायिक विकासको विस्तार गर्ने ढााचामा गर्न सक्ने योगदान बहाई संस्थाहरूले भविष्यको लागि ध्यान दिनुपर्ने बहुमूल्य पाठ हो ।

र यसैले धर्मावलम्बीहरूको समुदायले आफूले हासिल गर्न खोजेको कुराहरूको महत्वलाई नयाा दृष्टिकोण र गहिरो अन्तर्दृष्टिका साथ योजनाको दोस्रो वर्षमा प्रवेश गर्दैछन् । समाज–निर्माण शक्तिको दृष्टिकोणमा हेर्दा उनीहरूले जारी गरेका कार्यहरू कति फरक देखिन्छन् Û यो विस्तारित सम्भावनाले राम्ररी टिक्ने गतिविधिलाई सेवाको पृथक कार्य वा केवल आाकडा विन्दु भन्दा बढी महत्व दिन्छ । एक पछि अर्को ठाउामा पहल गरिएका अभ्यासले आˆनो विकासको मार्गमा आफै जिम्मा लिन सिकिरहेका जनसमुदायलाई प्रकाशमा ल्याएको छ । परिणमा स्वरूप हुने आध्यात्मिक र सामाजिक रूपान्तरण मानिसहरूको जीवनमा विभिन्न तरिकामा प्रकट हुन्छ । योजनाहरूको अघिल्लो श्रृफ्लामा यो आध्यात्मिक शिक्षा र सामूहिक उपासनाको प्रवर्धनमा सबैभन्दा स्पष्ट रूपमा देख्न सकिन्छ । योजनाहरूको यो नयाा श्रृफ्खामा, ती कुराहरूमा बढी ध्यानदिन आवश्यक हुन्छ जसले समुदायको जीनवलाई अझ उन्नत बनाउाछन्–उदाहरणको लागि, सार्वजनिक स्वास्थ्यलाई सुधारेर, वातावरण संरक्षण गरेर, वा कलाको शक्तिलाई अझ प्रभावकारी ढंगबाट उपलब्ध गरेर । समुदायको कल्याणलाई अघि बढाउनका लागि यी सबै पूरक पक्षहरूबारे व्यवस्थित ढंगबाट सिक्ने क्षमताको विकास गर्नु पर्छ–यस्तो क्षमता जसले दैवी शिक्षा र बैज्ञानिक अनुसन्धानद्वारा उत्पन्न मानव ज्ञानको भण्डारबाट अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछ । यो क्षमता बढदै जाादा आगामी दशकहरूमा धेरै कुराहरू सम्पन्न हुनेछ ।

यो विस्तारित समाज–निर्माणको दृष्टिले दूरगामी प्रभाव पार्छ । प्रत्येक समुदाय यसको प्राप्तिको लागि आˆनै स्वयंकै मार्गमा छ । तर एक ठाउामा भएको प्रगतिसाग अर्को ठााउमा भइरहेको पग्रतिसाग धेरै विशेषताहरू मिल्न जान्छन् । एउटा विशेषता यो हो कि क्षमता बढ्दै जाादा र स्थानीय वा राष्ट्रिय समुदायको शक्तिमा पनि बृद्धि भएको अवस्थामा समय पूरा भएपछि र माशरिकुल–अध्कार निर्माणको लागि आवश्यक परिस्थिति, हाम्रो रिज्ज्वान २०१२ को सन्देशमा उल्लेख भएअनुसार, पूरा भएको छ भने हामी आवधिक रूपमा बहाई मन्दिर खडा हुने ठााउहरू पहिचान गर्नेछौं भनेका थियौं । यस समयमा, कंचनपुर, नेपाल र म्युनिलुङ्गा, जाम्बियामा स्थानीय उपसना गृह स्थापना गर्न आहृवान गर्दा हामीलाई खुशी लागेको छ । यस बाहेक क्यानडाको टोरन्टोमा लामो समयदेखि स्थापित राष्ट्रिय हजरतुल–कुदसको नजिकै राष्ट्रिय उपसना गृहको लागि आहृवान गर्दछौं । यी आयोजनाहरू र भविष्यमा सुरु गरिने अन्य परियोजनाहरूको लागि हरेक देशमा रहेका मित्रहरूले मन्दिर कोषमा उपलब्ध गराएको सहयोगबाट लाभान्वित हुनेछन् ।

परोपकारी प्रभुले आˆना प्रियजनहरूलाई पदान गर्न चुन्नु भएको आशिष ्र प्रचुर छ । उच्च छ दैवी आहृवान, भव्य छन् तिनीहरूका सम्भावनाहरू, हामी सबैलाई सेवाको लागि आहृवान गरिएको यो समयको चाप छ । तब, भावुक छन् यी प्रार्थनाहरू जुन तपाईंहरूको तर्फबाट र तपाईंहरूको अथक प्रयासहरूको लागि बहाउल्लाहको संघारमा विन्ती गर्दछौं ।

 

Windows / Mac